धरान : यलम्वर बास्केटबल क्लबको आयोजनामा आयोजित यलम्वर ओपन रनिङ्ग रनिङ्ग बास्केटबल टुर्नामेन्टको आइतबार भएको उद्घाटन खेलमा आयोजक यलम्वर ए टिम विजयी भएको छ ।

कार्यक्रमका विशेष अतिथि धरानका अग्रज पत्रकार एवं नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय अध्यक्ष भीम ज्वाला राई, सिद्धार्थ जिम हलका अध्यक्ष नरेश राई र प्रतियोगिता संयोजक युगल लिम्बुले संयुक्त रूपमा रेफ्रिलाई बल हस्तान्तरण गर्दै सुरु भएको उद्घाटन खेलमा आयोजक यलम्वर ए टिमले व्रदस टिमलाई ६२–५७ अङ्कको अन्तरले पराजित गरेको छ ।

अत्यन्त्य प्रतिश्प्रर्धात्मक भएको खेलमा पहिलो क्वाटरमा यलम्वरले पहिलो र दोस्रो क्वाटरमा १४–१२ र १५–९ अङ्कले अग्रता लिएको थियो । तेस्रो र चौथो क्वाटरमा भने १५–१४ र २१–१९ अङ्कको अन्तरले व्रदस अगाडि रहेको थियो । खेलमा यलम्वर क्लब ए टिमका दिवस राईले व्यक्तिगत १८ अङ्कको योगदान दिएका थिए ।

प्रतियोगितामा धरान, तरहरा र विराटनगरका गरी ११ वटा टिमले सहभागिता जनाएको छ । प्रतियोगिताका विजेता टिमले नगद बिस हजार, दोस्रो टिमले नगद १० हजार, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै गरी प्रतियोगिताका उत्कृष्ट खेलाडी र फाइनल खेलका म्यान अफ द म्याचले नगद सहित ट्रफि प्राप्त गर्नेछन् ।

यलम्वर बास्केटबल खेल मैदानमा २६ गते सम्म सम्पन्न हुने प्रतियोगितामा धरान बास्केटबल सङ्घको प्राविधिक सहयोग रहेको छ ।