इटहरी : नेपाली काँग्रेसको तर्फबाट मोरङ क्षेत्र नम्बर ३ (क) को प्रदेशसभाका उम्मेदवार तथा प्रदेश १ का वन, वातावरण तथा भू-संरक्षण मन्त्री शेखरचन्द्र थापाको आज बिहान निधन भएको छ । डेङ्गु सङ्क्रमणबाट उपचाररत मन्त्री थापाको बुधवार बिहान १० बजे निधन भएको हो । 
थापालाई निमोनिया भएपछि आइसियु भर्ना गरिएको थियो । उनको निधन सँगै मोरङ क्षेत्र नम्बर ३ (क) प्रदेशसभाको निर्वाचन स्थगित हुने भएको छ । थापा सत्ता गठबन्धनको संयुक्त उम्मेदवार हुन् । 
असोज २३ दोस्रो साता देखी बिरामी उनलाई असोज २७ गते हेलिकप्टरबाट काठमाडौँस्थित ह्याम्स अस्पताल लगिएको थियो । १७ दिन आइसियु र ५ दिन वार्डमा राखेर उपचार गरिएको परिवार श्रोतले बताएको छ ।
२०७० सालको संविधानसभा निर्वाचनमा मोरङको सोही क्षेत्रबाट लडेका उनी तत्कालीन एमाले नेता चण्डी राईसँग पराजित भएका थिए । ०७४ सालमा काँग्रेसबाट उनी प्रदेशसभामा समानुपातिक कोटाबाट सांसद भएका थिए ।
mantri-nidhan