• रश्मि प्रधान
धरान : धरानमा आइतबार देखि तीन दिने विश्व शान्ति पूजा सुरु हुने भएको छ। 
पूर्वाञ्चल ञिङमा मोलाम छोग्पाको आयोजनामा तीन दिनसम्म गरिने पूजा धरान-८ स्थित बौद्ध दाह संस्कार स्थल (बौद्धचार धाम) मा पहिलो पटक गरिएको शनिवार आयोजित पत्रकार सम्मेलन जानकारी दिइएको छ । 
शान्ति पूजाका संयोजक खेनरिन्पोछे तेन्जिङ वाइबाका अनुसार पूजा कार्तिक २७ गते देखि २९ गतेसम्म हुनेछ । पूजामा १ नं प्रदेशभरका खेन्पो, लोपन, लामा, मणि, छोग्पा साथै हजारौँ बौद्ध उपासक उपासिकाहरुको उपस्थिति रहने वाइवाले जानकारी दिए । 
छोग्पाका महासचिव राजेन्द्र कुमार लामाका अनुसार काठमाण्डौँबाट र भारतबाट पनि लामाहरू आउनेछन् । लामाले शान्ति पूजाले धार्मिक पर्यटनले पनि टेवा पुर्याउने उनले बताए । आगामी वर्षहरूमा धार्मिक पर्यटनलाई विकास गर्दै प्रवर्द्धन गर्नका लागि पूजाको समयावधि बढाउँदै जाने पनि महासचिव लामाले बताए ।
पूजाबाट सम्पूर्ण प्राणी जगतको सांसारिक भलो हुनको साथै सम्पूर्ण प्राणी जगतमा हुने सम्पूर्ण आस्था र विश्वास पूरा हुने विश्वास लिइएको उनले जानकारी दिए ।