धरान : प्रदेश १ स्तरीय दुई दिने थ्री वाई थ्री महिला बास्केटबल प्रतियोगिताको उपाधि धरान मेघा कलेज ए टिमले जितेको छ ।

धरान मेघा कलेजले फाइनल खेलमा रेड डेभिल्स वि टिमलाई ११–२ अङ्कको फराकिलो अन्तरमा सहज जित निकाल्दै उपाधि चुमेको हो । जित सँगै धरान मेघा कलेजले नगद दुई हजार ५ सय, ट्रफि र मेडल प्राप्त गरेको । यसै गरी उपविजेता टिमले नगद १ हजार ५ सय, ट्रफि र मेडल प्राप्त गरे । प्रतियोगिताको मोस्ट भ्यालुएवल प्लेयरको उपाधि धरान मेघा कलेजका डा. आशा राई घोषित भइन । उनले ट्रफि र मेडल प्राप्त गरिन् ।

महिला खेलाडीहरूलाई प्रोत्साहन गर्नका लागि यु १८ का पूर्व राष्ट्रिय खेलाडी रवि वास्फोरको संयोजनमा प्रतियोगिता आयोजना भएको हो । धरान १७ होराइजन टोल स्थित श्री माध्यमिक विद्यालयको बास्केटबल कोर्टमा सम्पन्न प्रतियोगितामा धरान मेघा कलेज ए र वि टिम, युवा जागृति ए र वि टिम, रेड डेभिल्स ए र वि टिम, होलिल्याण्ड स्कुल, टिम बिर्तामोड, तिम होस्ट बिर्तामोड, सिसिटि हात्तीसार र मिराकल बास्केटबल टिमले सहभागिता जनाएको थियो ।