• लक्ष्मण थापा
धरान : शुक्रवार सम्पन्न प्रथम ब्रदर्श कप बास्केटबल प्रतियोगिताको उपाधि आयोजक ब्रदर्श क्लबले जितेको छ ।
प्रतियोगितामा मिराकल क्लबले उपबिजेतामा चित्त बुझाएको छ । विजेता टिमले ६६ अङ्क प्राप्त गरेको छ भने उपविजेता टिमले ४३ अङ्क प्राप्त गर्न सफल भएको छ । विजेता टिमले नगद २० हजार, ट्रफि र मेडल प्राप्त गरेको छ भने उपविजेता टिमलाई नगद १० हजार, ट्रफि र मेडल प्राप्त गरेको छ । त्यसैगरी उक्त खेलमा मस्ट भ्यालुएबलको प्लेयरको उपाधि सुजन राई र म्यान अफ द म्याचको उपाधि साहिल तामाङले जितेका छन् ।
धरान-१७ मा रहेको ब्रदर्स बास्केटबल क्लबले आयोजना भएको प्रतियोगितामा १० बास्केटबल टिमहरूले सहभागिता जनाएका थिए । प्रतिायोगीतामा होराइजन क्लब, १३ होपर्स, निउ म्याजिसियन, मिराकल बास्केटबल, तरहरा बास्केटबल, युवा जागृति, डिपोट कलेज, यलम्बर क्लब र आयोजक ब्रदर्स क्लबले सहभागिता जनाएका थिए। प्रतियोगिता चारदिन सम्म हराईजन क्लबको बास्केटबल मैदानमा भएको थियो ।
प्रतियोगिताको फाइनल खेलको प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपमेयर अईन्द्र विक्रम बेघा रहेका थिए भने खेल संयोजक कबिन मगर रहेका थिए । कार्यक्रममा श्री माबिका प्रधानाध्यापक रवि भुजेल, बद्रीनाथ आधारभूतका विद्यालयका प्रअ देवराज लिम्बू, जनता माविका प्रअ काजी बहादुर लामा, सुनसरी पत्रकार महासङ्घ धरानका अध्यक्ष जनकऋषि राई, युवा व्यावसायिक दशान्त लिम्बू, युवा व्यावसायिक सिपी बजगाई, हराईजन क्लबका सल्लाहकार पञ्चकला राई र हराईजन क्लबकै अध्यक्ष वसन्त राई लगायतको पस्थित रहेको थियो। 
उक्त खेललाई विशेष सहयोग मुनसाईन अनलाइन सप धरानले गरेको छ भने व्यवस्थापन सहयोग हराईजन क्लबले गरेको छ।
brothers-club-winner