काठमाडौँ  : मुस्ताङबाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली काँग्रेसका उम्मेदवार योगेश गौचन थकाली जितनजिक पुगेका छन् ।
पाँच हजार ८२० मतगणना हुँदा थकाली ६०० बढी मतान्तरले अगाडि छन् । थकालीले तीन हजार १५६ मत पाएका छन् ।
नेकपा एमालेका उम्मेदवार प्रेम तुलाचनले दुई हजार ५२१ मत पाएका छन् । यहाँ कुल सात हजार २३० मत खसेको  निर्वाचन आयोगले जनाइएको छ ।