विराटनगर : विराटनगर महानगर नगर कार्यपालिकाको प्रवक्तामा कार्यपालिका सदस्य सन्तोष न्यौपाने तोकिएका छन् ।
विराटनगर वडा नम्बर ५ का वडाध्यक्षसमेत रहेका न्यौपानेलाई कात्तिक २९ गते बसेको कार्यपालिका बैठकको निर्णयअनुसार मेयर नागेश कोइरालाले प्रवक्तामा मनोनीत गरेका हुन् । 
कार्यपालिकाले सम्पादन गरेका कार्य तथा निर्णयहरू सार्वजनिक जानकारीमा ल्याउने प्रयोजनार्थ नगर कार्यपालिका कार्यसम्पादन नियमावली-२०७५ को नियम १७ मा भएको व्यवस्थाबमोजिम प्रवक्ता तोक्ने अधिकार मेयरलाई दिइएको छ । 
सोही व्यवस्थाअनुसार मेयर कोइरालाले वडाध्यक्ष न्यौपानेलाई महानगरको प्रवक्ता तोकेका हुन् । प्रवक्ताको जिम्मेवारी इमानदारिता र कुशलतापूर्वक पूरा गर्ने न्यौपानेले बताए ।