झापा : झापा क्षेत्र नं २ मा स्वतन्त्र उम्मेदवार स्वागत नेपाललाई २२९७ मतले पराजित गरी नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका भए ।
घिमिरेले २७ हजार ७७० मत ल्याउँदा नेपालले २५ हजार ४८३ मत पाएका छन् । स्वतन्त्र क्रस खुकुरी चुनाव चिन्हबाट सर्वाधिक मत ल्याएर उपविजेता हुने नेपाल नेपालमै सम्भवतः पहिलो प्रतिस्पर्धी हुन् ।
त्यस्तै गठबन्धनका तर्फबाट माओवादीका हरि रानाले १३ हजार ७१४ मत ल्याएर तेस्रो स्थान हासिल गरेका छन् । 
मगर अर्जुनधारा नगरपालिकाका पूर्व मेयर हुन । माओवादी केन्द्रको भागमा परेको झापा निर्वाचन क्षेत्र नम्बर २ मा माओवादी नेतृ धर्मशिला चापागाईँले उम्मेदवारि अस्वीकार गरेपछि राना नेकपा एमाले परित्याग गरी संयुक्त लोकतान्त्रिक वाम गठबन्धनको गोलाकार भित्रको हँसिया हतौडा चुनाव चिन्ह बाट उम्मेदवार बनेका थिए । चौथो स्थान भने राष्ट्रिय स्वतन्त्र पार्टीका रुद्रप्रसाद गिरीले ओगटेका छन् ।