काठमाडौँ  : वेस्टर्न युनियन मनी ट्रान्सफरका प्रमुख एजेन्टहरूले आफ्नो दसैँ लक्षित सुनपती अभियानको विजेता रेविका सुनुवारको नाम सार्वजनिक गरेका छन्, जसमा विजेताले बम्पर लक्की ड्र मार्फत १० तोला सुन जितेकी छन् । 
वेस्टर्न युनियनका सुपर एजेन्टहरू, एटीटी रेमिट, सिजी फिन्को, डिजिटेक, हुलास रेमिट्यान्स, माया रेमिट, नबिल बैङ्क र सूर्य रेमिटका प्रतिनिधिहरूका बिच काठमाडौँमा आयोजित कार्यक्रममा विजेताको नाम घोषणा गरिएको हो । 
नेपालमा पच्चीस वर्षभन्दा बढी समयदेखि रेमिट्यान्स सेवा प्रदान गर्दै आएको वेस्टर्न युनियनले दसैँ, तिहार र छठलाई लक्षित गरी 'दस तोला सुनपती, दस हप्तासम्म उपहार कति कति' अभियान सुरु गरेको थियो । दस तोला सुनबाहेक भाग्यशाली विजेताहरूले प्रत्येक हप्ता, दस हप्तासम्म लक्की ड्रबाट दस दस जनाले चाँदीका सिक्का, मिक्सर ग्राइन्डर र इन्डक्सन चुलो पनि जितेका छन् । अभियानमा अहिलेसम्म तीन सय विजेताले उल्लेखित पुरस्कारहरू प्राप्त गरेका छन् । 
वेस्टर्न युनियनले सन् १९९६ देखि विश्वका २०० देशहरू बाट पैसा पठाउन र नेपालमा प्राप्त गर्ने सेवा दिँदै आएको छ ।