धरान : धरानको श्याम चोकबाट प्रतिबन्धित लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 
पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-१५ का ३४ वर्षीय किशोर परियार र धरान-३ का २७ वर्षीय वीरवल प्रसाद साह रहेका छन् । 
बुधवार बिहान ७ बजे इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीको टोलीले चेकजाँचको क्रममा को २५ प ४६४० नम्बरको स्कुटरमा लुकाई छिपाई ल्याउँदै गरेको विभिन्न प्रकारका प्रतिबन्धित लागु औषध सहित दुवै जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका परियार र साहको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको छ ।