तरहरा : इटहरी-२० तरहरामा आज (शनिवार) बिहान दुर्घटना भएको छ ।
बिहान ६ बजेतिर कार र मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।
तरहरा प्रहरी चौकीका अनुसार को ३६प ९३९१ नम्बरको मोटरसाइकल र ना १२६ च २१३७ नम्बरको कार एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।
एकै दिशाबाट आएको दुवै सवारी साधन दुर्घटना हुँदा इटहरी निवासी हेम कार्की गम्भीर घाइते भएका छन् । उनको उपचारको लागि अस्पताल पठाइएको छ ।
प्रहरीका अनुसार दुवै सवारी साधन ठोक्किएर दुर्घटना भएपछि ६ लेन सडकमा पर्ने डिभाइडरमा कार ठोक्किएको थियो ।
कारमा सवार मानिसहरू भने सामान्य रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।