• रश्मि प्रधान
धरान : सुनसरी १ मा प्रतिनिधिसभा तर्फ ६७ हजार १ सय २३ मत गणना सकिएको छ।
निर्वाचन अधिकृतको कार्यालय धरानले सार्वजनिक गरेको मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार गोमा तामाङलाई जसपाका उम्मेदवार अशोक राईले १ सय १८ को मतान्तरले पछि पारेका छन् ।
जसपाका अशोक राईले १४ हजार १ सय ५ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार गोमा तामाङले १३ हजार ९ सय ८७ मत पाएका छन् । यस्तै लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका मुक्सामहाङ मेन्याङ्बोले १० हजार ९ सय ९० मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार मनोज मेन्याङ्बोले ६ हजार ९ सय २९ मत पाएका छन् । यसै गरी राप्रपाका उम्मेदवार अशोक राई अविरलले ६ हजार ४ सय ६० मत, सूर्यमुखी चुनाव चिन्हका मातृका प्रसाद भट्टराईले १ हजार ६ सय ६३ मत, घण्टाघर चुनाव चिन्हका उम्मेदवार कुमार कार्कीले १ हजार ७ सय ६५ मत र पानीको जार चुनाव चिन्हका तर्कबहादुर मगरले ३ हजार ६ सय २२ मत पाएका छन् ।
बराह ५ र रामधुनी ६ र ७ वडाको  मत गणना गर्न बाँकी रहेको निर्वाचन कार्यालयले जानकारी दिएको छ।