धरान : १७औं ललित अम्बर डिपो कप प्रतियोगितामा इष्टर्न एकेडेमी र पुलिस स्कुल सेमिफाइनल प्रवेश गरेका छन् । सोमवार देखि सुरु भएको क्वाटर फाइनल खेलमा इष्टर्नले आयोजक डिपो र पुलिस स्कुलले प्रभात स्कुललाई पराजित गर्दै सेमिफाइनल खेलमा प्रवेश गरेका हुन । डिपो र इष्टर्न बिच भएको खेलमा निर्धारित समयमा दुवै तर्फ गोल नभए पछि खेल टाइव्रेकरमा धकेलिएको थियो । टाइव्रेकरमा इष्टर्नले डिपोलाई ४-३ गोल अन्तरले पराजित गरे ।
दोस्रो क्वाटर फाइनल खेलमा समेत दुवै तर्फ गोल हुन नसकेपछि खेल टाइव्रेकरमा गएको थियो । टाइव्रेकरमा समेत ३/३ बराबर गोल भए पछि सडनडेथको आधारमा पुलिस स्कुल विजयी भएका हुन । जित सँगै पुलिस र इष्टर्न एकेडेमी सेमिफाइनल प्रवेश गरेका छन् ।
सोही दिन भएको लेट दिलबहादुर प्लेट च्याम्पियन तर्फको पहिलो खेलमा वराह र एक्वा एकेडेमी विजयी भएका छन् । वराह राइजिङ्ग स्टार स्कुलले लिवर्टिलाई १-० र एक्वा एकेडेमीले आइडललाई ४-० गोल अन्तरले पराजित गरेका छन् ।
सोमवार भएको पहिलो क्वाटर फाइनल खेलमा डिपो स्कुलका मन्जिल मगर र दोस्रो क्वाटर फाइनल खेलमा प्रभात स्कुलका नेम्साङ थापामगर म्यान अफ द म्याच घोषित भए । उनीहरूलाई डिपो व्यवस्थापन समिति अध्यक्ष क्याप्टेन अम्बर बहादुर लिम्बूले ट्रफि र प्रमाणपत्र प्रदान गरेका छन् ।
Depot-cup-2079-08-12-two