• रश्मि प्रधान
धरान : धरान राउण्ड टेबल २६ र लियो क्लब विजयपुरको संयुक्त आयोजनामा लियो इन्टरस्कुल रन प्रतियोगिता हुने भएको छ ।
बुधवार पत्रकार सम्मेलन आयोजना गरी ५ किलोमिटर दौड प्रतियोगिता आयोजना मङ्सिर १७ गते शनिवार धरानको भानुचोकमा आयोजना हुने धरान राउण्ड टेबल २६ का अध्यक्ष अग्रिम खेतानले बताए ।
५ किलो मिटरको दुरी तय गरिएको सो प्रतियोगितामा धरानका ४० निजी तथा सरकारी विद्यालयका ७ सय ५० जना छात्र तथा छात्राहरूले सहभागिता जनाउने भएका छन् ।
दौड भानुचोकबाट सुरु भएर पुतली लाइनहुँदै कल्याण चोक, छाता चोक सिंहदेवी चोक हुँदै माछा भौडी देशी लाइन हुँदै भानुचोकमा टुङ्गिने छ ।
धरान राउण्ड टेबल २६ का अध्यक्ष खेतानका अनुसार प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने विजेताले क्रमशः ७ हजार, ५ हजार र ३ हजार नगद र प्रमाण पत्र प्राप्त गर्नेछन् ।