चतरा : सुनसरी वराहक्षेत्र नगरपालिका-५ कालाबञ्जर चोकमा स्कर्पियोको ठक्करबाट एक जना पैदल यात्री बुद्धको मृत्यु भएको छ । 

बिहीबार दिउसो १ बजेको समयमा पकली-रुपनगर सडक खण्ड अन्तर्गत पकलीबाट चतरा तर्फ जाँदै गरेको को १ च ८७३६ नम्बरको स्कर्पियोले बाटो काट्दै गरेको स्थानीय ८१ वर्षीय चूडामणि गौतमलाई ठक्कर दिएर घाइते बनाएको थियो । 

घाइते गौतमलाई उपचारका लागि धरानको बिपी प्रतिष्ठान पठाए पनि उपचारको क्रममा बिहीबार नै करिब ५ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख राजेश दत्तले जनाकारी दिएका छन् । 

घाइते भएका गौतमको निधारमा गम्भीर चोट लागेको थियो भने बोल्न नसक्ने अवस्था रहेको थिए । भरौल प्रहरी चौकीले ठक्कर दिने स्कर्पियो र चालक जिल्ला मोरङ कानेपोखरी ३ बस्ने वर्ष ३३ का सागर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ।