इटहरी : उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ हिसान इटहरी नगरले आयोजना गरेको हिसान स्पोर्टस मिट अन्तर्गत नृत्य प्रतियोगितामा कस्तुरी एकेडेमी प्रथम भएको छ । इटहरी-८ स्थित सुष्मा स्कुलमा सम्पन्न नृत्य प्रतियोगितामा लर्डबुद्ध स्कुलले दोस्रो स्थान हासिल गर्दा विश्व आदर्श कलेजले तेस्रो स्थान हासिल गरेको छ ।
यस्तै सपोर्ट मिट अन्तर्गत नै सम्पन्न गायन प्रतियोगितामा पिसजोन स्कुल प्रथम हुँदा  ग्रिनपिस स्कुल दोस्रो भएको छ । कोसी कलेजले तेस्रो स्थान हासिल गरेको छ । गायन र नृत्य प्रतियोगितामा हिसानमा आबद्ध इटहरी नगर क्षेत्रका एक दर्जन शिक्षालयहरूको सहभागिता रहेको थियो ।