उदयपुर : उदयपुरको कटारी नगरपालिका २ स्थितमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कटारी-२ का ३० वर्षीय दिल कुमार थापा मगर रहेको प्रहरीले जानकारी दिएको छ ।
हिजो साँझ ५ बजे आफ्नै घरको छतमा घरको तला थप्ने क्रममा फलामको रडले बिजुलीको तार छुन पुग्दा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका मगरको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान भइरहेको छ ।