झापा : ब्राजिल र क्रोएसिया फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । ब्राजिलले दक्षिण कोरियालाई तथा क्रोएसियाले जापानलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेका हुन् ।

सोमबार राति भएको राउण्ड सिक्सिटन अन्तर्गतको खेलमा ब्राजिलले कोरियालाई ४-१ ले पराजित गर्दै क्वार्टरफाइनलमा पुगेको हो । यस्तै क्रोएसियाले जापानलाई पेनाल्टी सुटआउटमा ३-१ गोलले पराजित गरेको हो ।

यो जितसँगै क्रोएसिया तेस्रो पटक क्वाटरफाइनलमा प्रवेश गरेको छ । कोरिया र जापान भने राउण्ड अफ सिक्टिनबाटै बाहिरिएका छन् । अब क्रोएसिया र ब्राजिलको भिडन्त क्वार्टरफाइनलमा हुनेछ ।