इटहरी : काठमाडौँ विश्वविद्यालयले आइबार इटहरीमा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । इटहरीको बरन्डा होटेलमा दिउँसो १ बजेदेखि कार्यक्रम आयोजना हुने भएको हो । 
स्नातक तह अध्ययनरत तथा भर्खरै उर्तीण विद्यार्थीलाई केन्द्रित गरेर अन्तरक्रिया कार्यक्रम आयोजना हुने बताइएको छ । नेपालको प्रसिद्ध विश्वविद्यालय मानिएको केयुले प्रदेश १ का विद्यार्थीलाई गुणस्तरीय शिक्षाको पहुँच पुर्‍याउने उद्देश्य राखेको छ । 
मुख्यतः झापा मोरङ र सुनसरीका विद्यार्थीलाई केन्द्रित गरेर इटहरीमा कार्यक्रम गरिएको आयोजक संस्थाले जानकारी दिएको छ । विद्यार्थीको शैक्षिक भविष्य, आगामी अवसर, चुनौती र उद्यमशीलताको विषयमा बहस हुने बताइएको छ । 
‘नेपाल स्कुल अफ आन्ट्रप्रेनर्सीप’ ले कार्यक्रमको संयोजन गरेको छ । एनसइ का फाउन्डर रञ्जन ओझाका अनुसार कार्यक्रममा विश्वविद्यालयका डिन, व्यवस्थापन सङ्काय प्रमुख सविन पन्त, प्रोफेसर राजेश शर्मा लगायतको उपस्थिति हुने भएको छ ।