धरान : धरान उपमहानगरपालिका कार्यपालिकाका बैठक तेस्रो पटक आज पनि बस्न सकेन । गएको असोजमा मेयर हर्क साम्पाङले कार्यपालिका सदस्यमाथि गरेको अपमानजनक शब्द फिर्ता लिएर माफी नमागे सम्म कार्यपालिका सदस्यहरूले बैठकमा सहभागी नहुने अडान लिएकाले आज पनि बैठक बस्न नसकेको हो । मेयर साम्पाङले भने आफूले माफी माग्नुपर्ने गरी केही नबोलेकोले माफी नमाग्ने अडान राख्दै आएका छन् । 
कार्यपालिकाको बैठक लगातार बस्न नसक्दा मेयर साम्पाङको एजेण्डाहरु अलपत्र परेका छन् । आज बोलाइएको बैठकको मुख्य एजेन्डा नगर सभा सम्बन्धमा थियो । चालु आर्थिक वर्षको मध्यमा बोलाइने नगर सभामा बजेट खर्चको समीक्षा गरिन्छ । नगर विकास योजनाका प्राथमिकताहरू अनुसार बजेट रकमान्तरका प्रस्तवाहरु समेत प्रस्तुत हुने भएकाले उक्त एजेन्डा महत्त्वपूर्ण मानिन्छ । 
उक्त एजेन्डा सहित मेयर साम्पाङको नयाँ योजना सांस्कृतिक पार्कको एजेण्ड पनि अलपत्र परेको छ। धरान स्थापना भएको पहिलो वर्षको स्मृतिमा मनाइँदै आएको वार्षिकोत्सव 'धरान डे' यसापली पनि मनाउन आजको बैठकमा प्रस्ताव थियो । पुषको पहिलो हप्ता धरान डे मनाइने गरिन्छ । उक्त एजेन्डा सहित कुल ७ वटा एजेन्डा बैठकका लागि तय गरिएको उपमहानगरपालिका श्रोतबाट बुझिएको छ ।
लगातार बैठक बोलाइने तर शुरु नै नभई स्थगित हुनुमा मेयर सम्पाङ जिम्मेवार भएको वडा अध्यक्षहरू तथा कार्यपालिका सदस्यहरूले आरोप लगाउँदै आएका छन् । धरान-१७ का अध्यक्ष तथा कार्यपालिका प्रवक्ता सूर्यबहादुर भट्टराई मनोजले मेयर साम्पाङले कार्यपालिका सदस्यमाथि गरेको अपमानजनक शब्द फिर्ता लिएर माफी नमागेसम्म कोही पनि कार्यपालिका सदस्यहरू बैठकमा सहभागी नहुने बताएका छन् ।
आज बैठक बहिस्कार गर्ने पूर्व तयारीका साथ बैठक कक्षमा ४ जना वडाअध्यक्ष कार्यपालिका सदस्यहरू मात्र आएका थिए । वडा १७ अध्यक्ष सूर्यबहादुर भट्टराई मनोज, वडा १५ अध्यक्ष नरेश इवारम, वडा १८ नरेन्द्रकुमार राई (प्रवीण), वडा ६ का भूपेन्द्र भट्टराई र कार्यपालिका सदस्य दिनेश गजमेर उपस्थित भएका हुन । 
वडा १३ का अध्यक्ष नेत्रप्रसाद काफ्लेका अनुसार लगातार बैठक स्थगित हुनुमा मेयर साम्पाङ दोषी छन् । उनले भने ‘तोक आदेशको भरमा नगरपालिका चलाउँछु भनेर राजाको शैलीमा काम गर्ने उहाँको चाहना कार्यपालिकामा सहकार्यको लागि बाधक बनेको छ ।’ यसमा सुधार नभए धरानका विकास कार्यहरू प्रभावित हुने देखिएको उनले बताए।
यस्ता थिए आजको बैठकका एजेन्डाहरू :
karyapalika-egenda-2079-08-