धरान : उपमहानगरपालिका वडा नं १५ कार्यालयको संयोजन र वडा नं. १५ अन्तर्गत नमुना श्रुतीमार्ग टोलबिकास संस्थाको आयोजनामा लागू औषध दुर्व्यसनी विरुद्ध जनचेतना कार्यक्रम सम्पन्न भएको छ।
आसरा सुधार केन्द्र पानबारी धरान शाखाको सहयोगमा प्रशिक्षक टिकाराम सिग्देल र जगत बहादुर भारतीले सहजीकरण गरेका थिए। उक्त कार्यक्रमका अध्यक्ष नमुना श्रुतीमार्ग टोलबिकास संस्थाका अध्यक्ष डाकमान राई, प्रमुख अतिथि वाड नं. १५ का वडा अध्यक्ष नरेश ईवाराम, विशेष अतिथि आसरा सुधार केन्द्रका इन्चार्ज प्रेमकुमार राई रहेको थियो । कार्यक्रममा बोल्दै ईवारामले धरानको समस्याको रूपमा लागू पदार्थ प्रयोग कर्ता रहेकोले यसको अन्त्यको लागि हामी सबै आफ्नो ठाउँ बाट लाग्नु पर्ने बताए।
उक्त कार्यक्रममा १५ नं. वाडका ३९ वटा टोलबिकास संस्थाको प्रतिनिधिहरू, विभिन्न सङ्घ संस्थाको प्रतिनिधिहरू र २ सय स्थानीयहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन नमुना श्रुतीमार्ग टोल विकास संस्थाको सचिव राजेन्द्र दर्नालले गरेका थिए।