सुनसरी : इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलले कार्यवाहक नगर प्रमुख मा वडा नम्बर २० का वडा अध्यक्ष मणिराम श्रेष्ठलाई दिएका छन् । 
नगरपालिका सङ्घको महाधिवेशनमा नगर प्रमुख पौडेल र उपप्रमुख सङ्गीता कुमारी चौधरी काठमाण्डौं गएकाले वडा अध्यक्ष श्रेष्ठलाई नगर प्रमुखको जिम्मेवारी दिइएको हो । 
पुस ४ गतेबाट सुरु भएको महाधिवेशन ६ गते सम्म चल्नेछ । नगर प्रमुख र उपप्रमुख काठमाण्डौंबाट नफर्किउन्जेल सम्मका लागि कार्यवाहकको जिम्मेवारी दिएको उपमहानगर प्रेस संयोजक धनबहादुर पुरीले जानकारी दिए ।
कार्यवाहक पाएका श्रेष्ठले आफूलाई पुस ११ गते सम्मका लागि जिम्मेवारी पाएको बताए ।