झापा : झापाको मेचीनगर नगरपालिका वडा नं. १३ स्थित चारआली जङ्गलमा दुई जनाको शव फेला परेको काकरभिट्टा प्रहरीले जानकारी दिएको छ ।
शव एउटा पुरुष र एउटा महिलाको रहेको प्रहरीले बताएको छ । घटनास्थलमा पुगेको प्रहरीले घटनाको मुचुल्का उठाउँदै छ । 
हाल सम्म शवको सनाखत हुन नसकेको प्रहरीले जानकारी दिएको छ ।
घटनाबारे थप विवरण आउन बाँकी छ । 
Jhapa Chgarlai bady 2