• रश्मि प्रधान 
धरान : धरानमा एजि एक्सप्रेस कार्गो एण्ड कुरियरले आफ्नो सेवा प्रारम्भ गरेको छ । आइतबार धरानको पुतलीलाईमा सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठले रिबन काटेर एजी एक्सप्रेस कार्गो एण्ड कुरियरको समुद्घाटन गरेका छन् ।
हङकङमा विगत एक दशक देखि कार्यालय स्थापना सेवा प्रदान गरिरहेको कम्पनीले चीन, कोरिया, जापान थाइल्यान्डमा समेत सेवा प्रदान गरिरहेको सञ्चालक तुलसी उप्रेतीले जानकारी दिए । उद्योगलाई चाहीने कच्चा पदार्थ तथा तयारी सामग्री आयत तथा निर्यात र नेपाली मार्केटमा सहज र सरल रूपमा सेवा प्रदान गरिरहेको उप्रेतीले बताए ।
अम्बला ग्रुप हङकङबाट सञ्चालित एजि एक्सप्रेस कार्गो एण्ड कुरियर सेवा हङकङ, मकाउ सिड्नी, चीन, न्युयोर्क र काठमाडौँमा आफ्नो कार्यालय स्थापना गरेर सेवा प्रदान गरिरहेको छ । धरान र आसपास को क्षेत्रको उत्पादनहरू विश्व बजारमा बिक्री वितरण गर्न र विश्व बजारका सामाग्रीहरू सहज रूपमा धरानमा उपलब्ध गराउन शाखा विस्तार गरिएको सञ्चालक उप्रेतीको दाबी छ ।
AG-express-udghatanकार्यक्रमका उद्घाटन गर्दै प्रमुख अतिथि विजय श्रेष्ठले धरानमा लगानी सम्मेलन गर्ने तयारी गरिरहेको अवस्थामा यस्ता व्यवसाय भित्रनु खुसीको कुरा रहेको धारणा व्यक्त गर्दै धरानमा लगानी गर्न लगानीकर्ता तयार भएपनी स्थानिय सरकार र प्रदेश सरकारले चासो नदिएको बताए । धरानमा यस प्रकारका सेवा प्रदायक कम्पनी खुल्नु गौरवको कुरा भएको बताउँदै धरानमा लगानी गर्ने व्यवसायीलाई स्वागत खुला हृदयले स्वागत गर्ने बताए ।
धरान वडा नं. ९ का वडाध्यक्ष वडाध्यक्ष रुपेश आचार्यले जनप्रतिनिधिको हैसियतले सक्दो सहयोग गर्ने प्रतिबद्धता गर्दै स्वदेशी उत्पादन निर्यात गर्न सके अर्थतन्त्रमा ठुलो टेवा पुग्ने दाबी गरे । आफ्नो वडामा यस्ता व्यवसाय आउनु खुसीको कुरा भएको भएको बताए  
नागरिक समाज इटहरी अध्यक्ष राजु केसी, होटेल व्यवसायी सङ्घ इटहरीका अध्यक्ष जीवन पराजुली, नेपाल पत्रकार महासघ सुनसरिका पूर्व अध्यक्ष केशव घिमिरे, सुनसरी उद्योग वाणिज्य सङ्घका कार्य समिति सदस्य शैलेश कुमार आचार्य लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन भोला श्रेष्ठले गरेका थिए।