चतरा : उपचार गराउन काठमाडौँ पुगेका नगरवासीलाई अस्पतालमै पुगेर नगर प्रमुख रमेश कार्की र उपप्रमुख नन्दकुमारी राईले सहयोग गरेका छन् । 
आँखाको शल्यक्रिया गर्ने काठमाडौँ स्थित तिलगंगा आँखा अस्पताल पुगेका वराहक्षेत्र १ बगुवाका कर्णबहादुर राईलाई नगर प्रमुख कार्कीले आवश्यक सहजीकरण र आर्थिक सहयोग समेत गरेका हुन्  । 
उपचार गर्न काठमाडौँ पुगेका राईको आर्थिक रूपमा कमजोर भएको र उपचार गर्न काठमाडौँ आएको थाहा पाउन साथ नगर प्रमुख कार्की र उपप्रमुख सुनुवार अस्पतालमै पुगेका थिए । नगर प्रमुख कार्की र उपप्रमुख सुनुवार नगरपालिका सङ्घको कार्यक्रममा सहभागिता जनाउन काठमाडौँ पुगेका छन्।
नगरवासी काठमाडौँमा उपचार गराउन आएको र आर्थिक रूपले समस्या भएको थाहा पाए पछि नगर प्रमुख अस्पतालै पुगेर बिरामीसँग भेटघाट गरेको नगर प्रमुखका स्कीय सचिव महेश घिमिरेले जानकारी दिए । 
घिमिरेका अनुसार नगरपालिका सङ्घको कार्यक्रममा सहभागिता जनाउन काठमाडौँ पुगेका नगर प्रमुख र उपप्रमुखले वराहक्षेत्र नगरपालिकाको समृद्धि र विकासकालागि मन्त्रालय र विभागमा पुगेर विभिन्न योजनाको लागि बजेट समेतको माग गर्ने योजना समेत रहेको उनले बताए ।
mayor karki tilganga aspatal