• रश्मि प्रधान
धरान : धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्मचारी कल्याण समाजको अध्यक्ष पदमा महेश्वर राईले उम्मेदवारी घोषणा गरेका छन् ।
आइतबार पत्रकार सम्मेलन गर्दै  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्मचारी कल्याण समाजको यही पुस २३ गते हुने निर्वाचनमा कर्मचारीहरूको पेशागत हकहित र प्रतिष्ठानको विकासकालागि आफ्नो उम्मेदवारी रहेको जानकारी दिएका छ्न । 
समाजको प्रारम्भिक मतदाता सङ्ख्या १३ सय २६ जना रहेको निर्वाचन समितिले सार्वजनिक गरेको अध्यक्षका उम्मेदवार राईले बताए । बिपीमा २०६२/६३ को आन्दोलनपछि कर्मचारीहरूको तदर्थ समिति गठन भएको थियो । २०६४ र ६६ मा क्रमशः पहिलो र दोस्रो पटक निर्वाचन भएपनि बिपी प्रतिष्ठानको सिनेटले मान्यता दिएर नियमावली संशोधन भई आधिकारिक समाज बनेपछि यो पहिलो निर्वाचन हुन लागेको हो । निर्वाचन समितिले प्यानल घोषणालाई मान्यता दिएको छैन । निर्वाचन समिति प्रकाशन समितिका संयोजक प्रकाश श्रेष्ठ रहेका छ्न ।
२०६४ को निर्वाचनमा प्रत्याशी भए पनि राई कर्मचारीको हकहितमा निरन्तर बुलन्द गर्दै उठाइरहेका राईले, पदाधिकारीहरूको पनि अधिकार कटौती हुने सम्भावना हुँदा कर्मचारीको प्रतिनिधिको हैसियतमा बोलेको छु,’उनले भने,‘कर्मचारीहरूको अधिकारको लागि पेशागत हकहित र प्रतिष्ठानको विकासको लागि काम गर्न सक्छु भनेर उम्मेदवारी दिएको छु ।’
उनले समग्र प्रतिष्ठानको हकहितको लागि व्यवस्थापनसँग सहकार्य गर्ने तर कर्मचारीहरूलाई धोका हुने गरी व्यवस्थापनको पक्षमा नलाग्ने पनि प्रष्ट पारे । उनले पेशागत हकहित, अधिकारको लागि व्यवस्थापनलाई छलफलबाट प्रभावमा पार्ने, दबाब दिने लगायत गतिविधि गर्नुपर्ने भए पनि रचनात्मक सहकार्य र सहयोग मात्र हुने बताए । ‘व्यवस्थापनसँग सहकार्य, छलफल हुन्छ । समाज व्यवस्थापनकै अङ्ग त हो तर घाँटी मात्र जोडिएको हुन्छ ।राईले आफू बिपीको कर्मचारी भइन्जेल कुनै पनि पार्टीको सदस्यता नलिने पनि घोषणा समेत गर्दै कर्मचारीको हक हितमा सदैव लाग्ने घोषणा गरेका छ्न ।