इटहरी : इटहरी उपमहानगरपालिकाले आज पौष १३ गते बुधवार शोक बिदा दिएको छ । उपमहानगरपालिका भित्रका कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको हो । 
मंगलबार सूचना प्रकाशित गर्दै नगर प्रमुख हेमकर्ण पौडेलले जग्गा दाताको निधनमा बिदा दिइएको जानकारी गराए।
उपमहानगरपालिका कार्यालय रहेको जग्गाका दाताहरू रामजीप्रसाद चौधरी र मानपुर चौधरीका सन्तान खेमनारायण चौधरीको निधनमा दुख व्यक्त गर्दै शोक बिदा दिइएको सूचनामा उल्लेख छ ।
itahri-sok-notice