चतरा : शनिवार वराहक्षेत्र नगरपालिकाले वडा नं. ७ बत्तिस आरडिमा रहेको वेलहा मन्दिर परिसरमा सरसफाइ गरेको छ। नगरपालिकाले प्रत्येक हप्ताको एक दिन शनिवार गर्ने कार्यक्रम अनुसार वेलहा मन्दिर परिसरमा सरसफाइ गरिएको हो । 
नगर प्रमुख रमेश कार्कीको नेतृत्वमा सञ्चालन भइरहेको सरसफाइ कार्यक्रममा जनप्रतिनिधिहरू, कर्मचारीहरू, नगर प्रहरी लगायत स्थानीय सङ्घ संस्थाहरूको सहभागिता रहेको थियो । गत सात वडा नं. १ स्थित प्रसिद्ध तीर्थ स्थल वराहक्षेत्र मन्दिरबाट सरसफाइ कार्यक्रमको शुभारम्भ गरिएको थियो । 
वराहक्षेत्रलाई सफा, सुन्दर बनाउने अभियानका साथ सुरु सरसफाइ कार्यक्रमलाई स्थानीयवासीको समेत सहभागी रहेको छ । वेलहा मन्दिरमा आयोजना भएको सरसफाइमा स्थानीयहरूको उल्लेखनीय सहभागिता रहेको थियो । 
स्थानीय प्रसिद्ध धार्मिक स्थलको रूपमा रहेको बेलहा मन्दिरको प्रचारप्रसार, प्रवर्द्धन र सफा बनाउने उद्देश्य नगरपालिकाले सरसफाइ कार्यक्रम आयोजना गरेको नगर प्रमुख कार्कीले बताए । नगर प्रमुख कार्कीका अनुसार सरसफाइलाई अभियानको रूपमा गरिने र स्थानीयहरूको साथ र उपस्थिति महत्त्वपूर्ण रहेको छ। 
नगरपालिकाले सरसफाइ कार्यक्रम गरेर स्थानीयहरूलाई सचेत बनाउन खोजिएको हो । नगरपालिकाले आयोजना गरेको सरसफाइ कार्यक्रमले स्थानीयलाई सचेत र उत्प्रेरणा गराउन महत्त्वपूर्ण रहेको स्थानिय माधव सुबेदी बताउँछन् ।
बेलहा मन्दिर क्षेत्रमा भएको सरसफाइ कार्यक्रममा नगर प्रमुख कार्की सहित प्रमुख प्रशासकीय अधिकृत ऋद्बिप्रकास सिटौला,  बडाका जनप्रतिनिधि, कर्मचारी, नगर प्रहरी, स्थानीयवासी, बुद्धिजीवीहरूको बाक्लो सहभागिता रहेको थियो ।
baraha weekly sarasafai