चतरा : नेपाली काँग्रेस वराहक्षेत्र वडा नं. २ कार्य समितिले प्रदेश नं १ सभा सदस्यमा निर्वाचित ममता तामाङलाई सम्मान गरेको छ। नेपाली काँग्रेस महासमिति सदस्य समेत रहेकी तामाङ समानुपातिक तर्फबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएकी थिइन् ।

बुधवार वडा समिति शुभकामना तथा सम्मान कार्यक्रम आयोजना गरेर तामाङलाई सम्मान-पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेको थियो । वडा सभापति अमर कटवालको सभाध्यक्षमा आयोजना भएको उक्त कार्यक्रममा नेपाली काँग्रेस वराहक्षेत्रका सभापति तथा नगरप्रमुख रमेश कार्की, महाधिवेशन प्रतिनिधि दिपेशजंग बस्नेत, अग्रज नेता रतनप्रसाद राई, भक्तबहादुर बस्ने, क्षेत्रीय सहसचिव सुमित राई, प्रदेश सभाका कार्यवाहक सभापति अनिल मगर लगाएले तामाङलाई सम्मान गरेका थिए । 

कार्यक्रम वडा नं. १ का सभापति ईश्वर थापा, नगर सचिव हरिकृष्ण भट्टराई, नेपाल शिक्षक सङ्घ वराहक्षेत्र सभापति गोकुल गुरागाईँ, नेपाली काँग्रेस वराहक्षेत्र गाविसका पूर्व सभापति रतनप्रसाद राई, महाधिवेशन प्रतिनिधि दिपेशजंग बस्नेत, नेपाली काँग्रेस वराहक्षेत्र सभापति तथा नगर प्रमुख रमेश कार्की लगाएको शुभकामना मन्तव्य गरेका थिए ।

कार्यक्रम सम्बोधन गर्दै माननीय तामाङले विकासलाई प्रमुख प्राथमिकता राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन । जनताको चाहनालाई मध्यनजर गर्दै सदन प्रस्तुत हुने बताइन ।