धरान : सुनसरीको कोसी गाउँपालिकामा एक किशोरको हत्या गरी आलुबारीमा फालिएको शव प्रहरीले फेला पारेको छ। 
राससको समाचार अनुसार कोसी गाउँपालिका-२ पश्चिम कुशाहामा एक किशोरको हत्या भएको जनाउँदै किशोर १६ वर्षीय रञ्जीतकुमार यादव भएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईका अनुसार किशोरको शव बुधवार गाउँ नजिकैको आलु खेतमा आधा गाडिएर फालिएको अवस्थामा फेला परेको हो । उनी मंगलबार दिउँसो देखि हराइरहेका थिए ।
उनी घरबाट लौकही गएको भनिएका उनी हराएको परिवारले बताएको प्रहरीले जनाएको छ । स्थानीयवासीले आधा गडिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकको शरीरमा घाउ चोट र घाँटी बटारिएको डाम भेटिएकाले हत्या गरेर फालिएको हुनसक्ने प्रहरीको अनुमान छ ।
शव परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ । प्रहरी अनुसार घटनाको अनुसन्धानमा कुकुर परिचालन गरेको र थप अनुसन्धान जारी रहेको छ ।