झापा : झापाको दमकबाट प्रहरीले प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ । 
बिहीबार साँझ दमक नगरपालिका-२ खरखरेमा सोही ठाउँ बस्ने ३६ वर्षीय सन्तोष राजवंशीको घरभित्र उनीसहित सोही ठाउँका ३६ वर्षीय कोलिला कुमार बुढाथोकी, २८ वर्षीय केशव धिमाल र वडा नम्बर १ बस्ने ३१ वर्षीय सन्दीप लिम्बूलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले शङ्का लागेर चेकजाँच गर्दा उनीहरूको साथबाट ४ ग्राम ब्राउन सुगर फेला परेको थियो । 
ब्राउन सुगरसहित उनीहरूले प्रयोग गरेको को १४ प ७७८४, मे ८ प ३०६६ नम्बरको मोटरसाइकल र विभिन्न कम्पनीको मोबाइल ५ थानसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
दुई दिनमा झापा प्रहरीले जिल्लाका विभिन्न स्थानबाट १० जनालाई लागु औषधसहित पक्राउ गरेको छ ।