चतरा : इलाका प्रहरी कार्यालय महेन्द्रनगरले मोटरसाइकल चोरी गर्ने तीन जनालाई पक्राउ गरेको छ । वराहक्षेत्र नगरपालिका वडा नम्बर ७ स्थित सोमबारका निल बहादुर बोगटी र कुल बहादुर तामाङको घरबाट चोरी भएको मोटरसाइकल सहित चोरीमा संलग्न युवाहरूलाई प्रहरीले पक्राउ गरेको हो । 
पुस १६ गते चोरी भएको को२३प ६१०१ नम्बरको रातो कालो रङको १५० सिसीको बोगटीको पल्सर मोटरसाइकल र वराहक्षेत्र ७ बस्ने वर्ष ५० को कुल बहादुर तामाङको को१६प २३१९ नम्बरको १५० सिसी पल्सर मोटरसाइकल घरबाटै चोरी भएको थियो ।
चोरी भएपछि दुवैले इलाका प्रहरी कार्यालयमा महेन्द्रनगरमा निवेदन दिएपछि प्रहरीको खोज अनुसन्धान पश्चात् भोजपुर वालाङ्खाबाट प्रहरीले मोटरसाइकल सहित तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार जिल्ला भोजपुर आम चौक गाउँपालिका वडा नम्बर ४ बस्ने १९ वर्षको रोशन बिशुंखे, एक जना नाबालक र वराहक्षेत्र बस्ने वर्ष २७ को सुदेश राईको साथबाट उक्त चोरी भएको मोटरसाइकल पक्राउ गरेको हो । 
प्रहरीले पुस १९ गते जिल्ला भोजपुर वालाङ्खा स्थितमा फेला पारी मोटरसाइकल सहित पक्राउ गरी ३ जनालाई सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको इलाका प्रहरी कार्यालयले महेन्द्रनगर जनाएको छ।