विराटनगर : विराटनगर महानगरपालिकाले ज्येष्ठ नागरिकलाई धार्मिक भ्रमणमा लगेको छ ।
विराटनगर महानगरपालिका वडा नम्बर १० को व्यवस्थापनमा वडाका ज्येष्ठ नागरिकलाई धार्मिक भ्रमणमा लगेको हो । भ्रमणमा जाने ज्येष्ठ नागरिकको टोलीले महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले शनिवार बिहान बिदाइ गरेका थिए । वडाध्यक्ष अर्जुन गिरीको नेतृत्वमा १ सय ६० जना ज्येष्ठ नागरिक धार्मिक भ्रमणमा गएका हुन् । 
वडाको वार्षिक विनियोजित बजेटअन्तर्गत ज्येष्ठ नागरिकलाई धार्मिक पर्यटन यात्रामा लगेको वडाध्यक्ष गिरीले जानकारी दिए । ज्येष्ठ नागरिकहरूलाई झापा र इलामका विभिन्न धार्मिक र पर्यटकीय स्थलको भ्रमण गराइनेछ ।