धरान : धरान जेसीजको नयाँ कार्य समितिले पदभार ग्रहण गरेको छ । अङ्ग्रेजी नयाँ वर्ष २०२३ को लागि निर्वाचित कार्यसमितिले शनिवार आयोजित पदस्थापन समारोहमा पदभार ग्रहण गरेको हो । कार्यसमितिका अध्यक्ष आशिषराज यादवले शपथ ग्रहण गरेपछि उनले निर्वाचित र मनोनीत कार्यसमितिका पदाधिकारी, सदस्यलाई शपथ ग्रहण गराएर पदस्थापन गरिएको हो ।

धरान जेसिजको सन् २०२३ को नयाँ कार्यसमितिमा निवर्तमान अध्यक्ष प्रतीक श्रेष्ठ, कार्यकारी उपाध्यक्षद्वय अनिल श्रेष्ठ, कृष्ण केसी वर्मा, महासचिव दीपेन्द्र श्रेष्ठ कसजु, कोषाध्यक्ष ऋषिराम भट्टराई, कानुनी सल्लाहकार आयुष्मा शाक्य, अध्यक्षका सल्लाहकार दीपेन्द्र निरौला, उपाध्यक्षहरू राजु फुयाँल, तोर्णबहादुर कार्की, साहिल भुजेल, विशाल शङ्कर, सचिव राजेन्द्र रिजाल छन् ।

कार्यसमितिमा कोषवृद्धि संयोजक रिमा थापामगर, जनसम्पर्क अधिकारी कायुङ राई, शाख सम्पादक अरविन्द श्रेष्ठ, तालिम निर्देशक निसान नेपाल, सङ्घ संस्था संयोजक पुनमकुमारी साह, भिजन २०२५ प्रवर्द्धक विदुर थापा, टुरिजम प्रमोशन संयोजक शुभम् शाक्य, थिम डाइरेक्टर सञ्जु राई रहेकी छन् ।

पदस्थापन समारोहमा प्रमुख अतिथि सुनसरी-१ का निर्वाचित प्रतिनिधि सभाका सांसद तथा जनता समाजवादी पाटीका वरिष्ठ नेता अशोक राई थिए । उनले अबको नेपालको विकासको जिम्मा युवाहरूको काँधमा रहेको बताउँदै युवा नेतृत्वको विकास प्रभावशाली संस्था जेसीजले देशको नेतृत्व गर्न नयाँ युवाहरूलाई अगाडि ल्याउनु पर्ने बताए ।

समारोहमा धरान जेसीजमा वर्षभरिमा उत्कृष्ट कार्य गरेकालाई १९ वटा एवार्डहरु प्रदान गरिएको थियो । धरान जेसीजका पूर्वा अध्यक्ष, सिनेटरहरू द्वारा स्थापित उक्त एवार्डहरु जेसीजमा रही वर्ष भरी उत्कृष्ट कार्य गरेका संयोजक, सदस्य, निर्देशक तथा वक्ताहरू लाई प्रदान गरिँदै आएको छ । सोही अवसरमा अध्यक्ष यादवले कार्यसमितिका महासचिवमा दीपेन्द्र श्रेष्ठ सहित सदस्यहरूलाई मनोनीत गरेको घोषणा गरे ।

निवर्तमान अध्यक्ष प्रतीक श्रेष्ठको सभापतित्वमा भएको पदस्थापन समारोहमा जेसीज निर्वाचन अधिकृत मणिराज अधिकारीले निर्वाचित नयाँ कार्यसमितिको नामावली घोषणा गरे । पूर्व अध्यक्ष मनिष शाहीले जेसीज २०२२ का अवार्ड विजेताहरूको नामहरू घोषणा गरे । कार्यक्रम सञ्चालन पूर्व अध्यक्ष अतुलदीप श्रेष्ठले गरेका थिए ।

सोही अवसरमा  जुनियर जेसीज वर्ष २०२३ का लागि नव निर्वाचित जुनियर जेसि अध्यक्ष जोस शाहको पनि पदस्थापन गरिएको थियो ।