सुनसरी : सुनसरीको हरीनगर गाउँपालिकाले १२ औँ गाउँ सभाको अवसरमा उल्लेख्य योगदान दिने जनप्रतिनिधि, कर्मचारी र सञ्चारकर्मीलाई सम्मान गरेको छ ।
गाउँपालिकाले आज सम्पन्न गरेको गाँउसभामा सम्मानित हुनेहरूमा वडा नम्बर २ का वडाध्यक्ष मोहम्मद अन्सारी, वडा ३ का वडा अध्यक्ष अरविन्द कुमार मेहता, वडा नम्बर ४ का वडाध्यक्ष देवनारायण मेहता र वडा नम्बर ५ का वडाध्यक्ष सिकमलाल यादव रहेका छन् । यस्तै कार्यपालिका सदस्यहरू सुमित्रादेवी मेहता, चन्द्रावती राम, नसेतादेबी स्वर्णकार र कवितादेवी सरदारलाई पनि सम्मान गरिएको छ । 
यस्तै प्रमुख प्रशासकीय अधिकृत तुलराम थापामगर, शिक्षा शाखा प्रमुख अजित कुमार मल्लिक, स्वास्थ्य संयोजक प्रकाश थापामगर, योजना शाखाका रमेश  स्वर्णकार, प्राविधिक शाखाका रिकेश मेहता, लेखा शाखाका रञ्जित मेहता, कुषी शाखाका सुमन चौधरी, आयुर्वेद शाखाका कमलेश झा, दर्ता शाखाका हिरा उराव र सचिव रामदयाल मेहता पनि सम्मानित भएका छन् । 
यस्तै स्वास्थ्यकर्मीहरू गुणनन्द झा, आस्मा खतिवडा, गुलराना खातुन, सञ्चारकर्मी ताबिल अन्सारी र सामाजिक अभियानकर्मी नइम अन्सारी पनि सम्मानित भएका छन् । 
सम्मानितहरूलाई गाउँपालिका अध्यक्ष गफार मियाँ अन्सारी, उपाध्यक्ष रिमझिम कुमारी भगतले सम्मान गरेका थिए । गाउँ सभामा अध्यक्ष गफार मियाँ अन्सारीले गाउँपालिका भित्र अधिकांश बाटोघाटो निर्माण भइसकेकाले आगामी आर्थिक वर्षको बजेटमा शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिने बताए ।