सुनसरी : प्रदेश एकका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी पुस २९ गते शुक्रवार विश्वासको मत लिने भएका छन् ।

पुस २५ गते मुख्यमन्त्रीको शपथ लिएका कार्कीले विश्वासको मत लिन लागेका हुन् । सत्ता गठबन्धनको तर्फबाट मुख्यमन्त्री नियुक्त भएका कार्कीलाई एमाले,माओवादी केन्द्र ,राप्रपा र जसपाको समर्थन छ । एमाले ४० र माओवादी केन्द्र १३ सिट छ । यस्तै राप्रपा छ सिट र जसपाको एक सिट छ ।

९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ सिट आवश्यक पर्छ भने मुख्यमन्त्री कार्कीको पक्षमा ६० सांसद छन् ।