इटहरी : रेडिमेड व्यवसायी सङ्घ इटहरीको अध्यक्षमा विनोद श्रेष्ठ निर्वाचित भएका छन् । संस्थाको सातौँ साधारण सभा तथा तेस्रो अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत अध्यक्ष निर्वाचित भएका हुन् । 
अधिवेशनले श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ । ६ सय साधारण सदस्य रहेको रेडिमेड व्यवसायी सङ्घ इटहरीका बस्तुगत सङ्घहरू मध्ये सबैभन्दा सक्रिय मानिन्छ । 
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा बुद्धिकान्त सुवेदी (बुद्ध), परशुराम आचार्य र नरेश विष्ट छन् । एकल सचिवमा रुपेश श्रेष्ठ, सहसचिवमा दामोदर रिमाल र कोषाध्यक्षमा पुष्पक कुमार खत्री सर्वसम्मत चयन भएका छन् । महिला सदस्यमा अरुणा थापा, सम्झना दाहाल, र प्रमीला पराजुली त्यस्तै सदस्यमा सविना खड्गी, लिलम खड्का, सुमन भट्टराई, महेन्द्र गुरागाईँ, दीपक खड्का, गोविन्द गौतम, राम कुमार श्रेष्ठ, रुपन खतिवडा, मदन ढकाल चयन भएका हुन् ।
संस्थापक अध्यक्ष गायत्री कटवाल (भण्डारी) उद्योग वाणिज्य सङ्घ इटहरीको अध्यक्षको उम्मेदवार बन्ने भएपछि रेडिमेड व्यवसायी सङ्घ झनै सक्रिय भएको छ। संस्थापक अध्यक्षलाई छाता सङ्गठनमा विजयी गराउने गरी सङ्घले अभियान अगाडी बढाएको छ ।