झापा : झापामा माघे सङ्क्रान्तिको अवसरमा लागेको माईवेनी मेला भरेर आउँदा बाटोमा पूर्वपश्चिम राजमार्गस्थित कनकाई नगरपालिका १ गरमकाली पेट्रोल पम्प अगाडि आइतबार (आज) बेलुकी ६ बजेको समयमा यात्रुवाहक बसको ठक्करबाट एक जनाको ज्यान गएको छ ।

प्र १-०१-००१ ख ३४२० नम्बरको गरमकाली यातायातले पैदल यात्रीलाई आज साँझ ठक्कर दिँदा कनकाई नगरपालिका ६ का ४४ वर्षीय केशव नेपालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीले ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।