चतरा : वराहक्षेत्र-७ बत्तिस आरडि स्थित सुनसरी मोरङ सिचाइ आयोजना नहरमा डुबेर ४० वर्षीय एक पुरुषको मृत्यु भएको छ । 
सोमबार मध्यान्ह १२:४५ बजेको समयमा बत्तिस पुलबाट नहरमा बेपत्ता भएका वीरबहादुर थापा (हिमाल)को मृत्यु भएको हो । 
प्रहरीका अनुसार नहरमा बेपत्ता भएको थाहा पाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी तथा स्थानीयहरू खोजी कार्यमा लागि परेका थिए । 
बेपत्ता भएको करिब २ घण्टा पछि खसेको १ किलोमिटर टाढा सेरे चौक नजिक उनको शव भेटिएको थियो । शवलाई पोस्टमार्टम लागि धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ ।
स्थानीयका अनुसार मादक पदार्थ सेवन गरेर नहरमा खसेको हुन सक्ने अनुमान गरिएको छ।