सुनसरी : प्रदेश एक सरकारले मन्त्रीहरूको टुङ्गो लगाएको छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीहरूलाई मन्त्रालयको जिम्मा लगाएका हुन् । प्रदेश एकका १३ मन्त्रालयबाट घटाएर ९ मन्त्रालयमा विना विभागीय रहेका मन्त्रीहरूलाई मन्त्रालयको जिम्मा दिएको हो ।
कार्य विभाजन अनुसार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आर्थिक सहित आन्तरिक मामिला र कानुन मन्त्रालय आफूसँगै राखेका छन् ।
एमालेले ९ मध्ये ५ मन्त्रालय आफ्नो भागमा राखेको छ । एमालेका तिलकुमार मेन्याङ्बो खानेपानी, सिचाइ तथा ऊर्जा मन्त्री बनेका छन् । बुद्धिकुमार राजभण्डारीले सामाजिक विकाश मन्त्रालयको जिम्मा पाएका छन् ।
माओवादीको भागमा परेको सडक पूर्वाधार तथा सहरी विकाश मन्त्रालयको जिम्मा दुर्गाप्रसाद चापागाईँले पाएका छन् । जीवन आचार्य पर्यटन वन तथा वातावरण मन्त्री बनेका हुन् ।यस्तै जसपा बाट मन्त्री बनेकी निर्मला लिम्बुले स्वास्थ्य मन्त्रालयको जिम्मा पाएकि छिन् ।  राप्रपाका भक्तिप्रसाद सिटौला उद्योग कृषि तथा सहकारी मन्त्री बनेका छन् । साथै प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी पनि मन्त्री सिटौलालाई दिइएको छ । 
यी हुन कायम रहेका मन्त्रालय :
१) मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय : हिक्मतकुमार कार्की 
२) आर्थिक मामिला तथा योजना मन्त्रालय : हिक्मतकुमार कार्की 
३) आन्तरिक मामिला तथा कानुन मन्त्रालय : हिक्मतकुमार कार्की 
४) खानेपानी, सिचाई तथा ऊर्जा मन्त्रालय : तिलकुमार मेन्याङ्बो  
५) सडक पूर्वाधार तथा सहरी विकाश मन्त्रालय : दुर्गा प्रसाद चापागाईँ 
६) उद्योग कृषि तथा सहकारी मन्त्रालय : भक्तिप्रसाद सिटौला 
७) पर्यटन वन तथा वातावरण मन्त्रालय : जीवन आचार्य 
८) सामाजिक विकास मन्त्रालय : बुद्धिकुमार राजभण्डारी
९) स्वास्थ्य मन्त्रालय : निर्मला लिम्बु   
mantree-pradesh-new