चतरा : नेपाल शिक्षक सङ्घ वराहक्षेत्र नगर समितिको अध्यक्षमा पुन कृष्णप्रसाद (गोकुल) गुरागाईँ निर्विरोध निर्वाचित भएका छन् । 
शनिवार सम्पन्न सङ्घ दोस्रो अधिवेशनबाट गुरागाईँको नेतृत्वमा २८ सदस्यीय कार्य समिति सर्वसम्मतिले चयन भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
वराहक्षेत्र १ स्थित औलिया मठमा आयोजनामा भएको अधिवेशनले उपाध्यक्ष महिलामा सुभद्रा श्रेष्ठ, उपाध्यक्ष वालकृष्ण बोहरा निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै सचिव शङ्कर मेहता, सचिव (अर्थ) मेनुका कार्की, सह-सचिव गोपालकुमार साह, सहसचिव महिला मिना घिमिरे, सह-सचिव (अर्थ) राजेन्द्र श्रेष्ठ समेत निर्विरोध निर्वाचित भएका छन् । 
त्यस्तै सदस्यमा शान्ता श्रेष्ठ, अञ्जना बस्नेत, चन्द्रकला कार्की, सीता तामाङ, अशोककुमार गुप्ता, धुब्रकुमार श्रेष्ठ, रामकुमार मण्डल, वडा नं १ बाट सदस्य फुलकुमारी तामाङ, वडा नं २ बाट पवित्रा राई, वडा नं.३ बाट झमककुमार घिमिरे, वडा नं ४ बाट सदस्य नारायण चौधरी, वडा नं ५ बाट सदस्य लक्ष्मीनारायण चौधरी, वडा नं ६ बाट सदस्य रमाकान्त यादव, वडा नं ७ बाट सदस्य इन्दिरा दाहाल पोखरेल, वडा नं ८ बाट सदस्य तेज बहादुरी अधिकारी, वडा नं ९ बाट सदस्य विजय प्रसाद सिंह यादव, वडा नं १० वाट सदस्य श्रवणकुमार चौधरी र वडा नं ११ बाट सदस्य अरुणकुमार ठाकुर निर्विरोध चयनको निर्वाचन संयोजक बालकृष्ण अधिकारीले बताए ।