धरान : नेपालमा विदेश तथा स्वदेशबाट आएको विप्रेषण (रेमिटान्स) को सेवालाई प्रभावकारी ढङ्गले सेवा प्रदान गर्दै आइरहेका मनि ट्रान्सफर एजेन्टहरूको भेलाले कुन्दन श्रेष्ठको अध्यक्षतामा तदर्थ समिति गठन गरेको छ ।
रेमिटान्स एजेन्टहरूलाई सङ्गठित गर्नुका साथै हक, अधिकार र आई पर्ने समस्या समाधानका लागि धरान रेमिटान्स एसोसिएसन नामकरण गरी तदर्थ समिति गठन गरिएको छ । 
तदर्थ समितिको अध्यक्षमा कुन्दन श्रेष्ठ, उपाध्यक्षमा सन्दीप शाक्य, सचिवमा खड्ग बहादुर बस्नेत, कोषाध्यक्षमा राजेन्द्र बस्नेत, सह-सचिवमा ज्योति शाही र कार्यसमिति सदस्यहरूमा क्रमशः रमेश मास्के, रामबहादुर गेलाल, सङ्गीत कुमार राई, विक्रम थापा लाई सर्व सम्मत चयन गरिएको थियो ।