झापा : झापा जिल्लाको ठाउँ ठाउँमा लागुऔषध ब्राउन सुगर कारोबार गर्नेहरू ५ जनालाई प्रहरी टोलीले शनिवार पक्राउ गरेको छ ।
जिल्ला प्रहरीले आइतबार दिएको जानकारी अनुसार भद्रपुर नगरपालिका, कमल गाउँपालिका, गौरीगञ्ज गाउँपालिका र शिवसताक्षी गाउँपालिकाबाट उनीहरूलाई ब्राउन सुगर सहित पक्राउ गरिएको हो ।
कमल गाउँपालिका-३ का ३५ वर्षीय राजकुमार लावतीलाई उनको घरैबाट ३ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको छ । भद्रपुर-२ गौरीशङ्कर टोलबाट सगरमाथा चौक बस्ने ४० वर्षीय दीपक राई र २० वर्षीय सन्देश बास्तोलालाई १ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको छ ।
यसैगरी गौरीगञ्ज गाउँपालिका-१ भाङडाँडाबाट शिवसताक्षी नगरपालिका-६ का ३० वर्षीय सन्तोष तजपुरिया र वडा ४ का ३१ वर्षीय विकाश श्रेष्ठलाई ५ ग्राम ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको हो । लागूपदार्थ सहित पक्राउ गरिएको पाँचै जनालाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ।