• रश्मि प्रधान
धरान : नोबेल एकेडेमीमा आज भएको अन्तर सदन हिज्जे प्रतियोगितामा निलो सदन प्रथम भएको छ। प्रतियोगितामा निलो सदनबाट प्रिसिका दास, हाङ्मा लिम्बु, राजु श्रेष्ठ, आसुसेन तामाङ र रिजन कटवालको टिम विजेता भएको हो ।
प्रतियोगितामा पहेँलो सदन दोस्रो भएको छ । पहेँलो सदनबाट सामना लिम्बु, खुसी मगर, समीर तामाङ, संस्कार राई र सागर सुनारको टिम सहभागी थियो । प्रतियोगितामा हरियो सदन टिम तेस्रो स्थानमा रह्यो । हरियो सदनमा मनिका श्रेष्ठ,प्रतिज्ञा राई, सामिङ्मा राई, दीपेन्द्र श्रेष्ठ र आरुसि गनगाई थिए ।
प्रतियोगिताका विजेताहरूलाई ट्रफि र प्रमाण-पत्र प्रदान गरिने विद्यालयका सहायक प्रिन्सिपल भिषन अधिकारीले बताएका छन् । विद्यार्थीको बौद्धिक क्षमतालाई प्रस्फुटन गर्न एकेडेमीले अन्तर सदन प्रतियोगिताहरू गर्दै आएको उनको भनाई छ । 
धरान-११ स्थित एकेडेमीले प्रत्येक शुक्रवार विभिन्न अतिरिक्त कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। आउँदो शुक्रवार बतृत्वकला प्रतियोगिता हुनेछ ।