धरान : चतराबाट धरान आउँदै गरेको मोटरसाइकल चेकजाँच गर्दा आइतबार वराहक्षेत्रका दुई जना युवालाई लागुऔषध गाँजा सहित प्रहरीले पक्राउ गरेको छ। 
जिल्ला प्रहरी कार्यालय सुनसरीको धरान वडा-१७ मा चतराबाट लागुऔषध गाँजा सहित मोटरसाइकलमा धरान आइरहेको अवस्थामा दुई जनालाई प्रहरीले पक्राउ हो । अस्थायी प्रहरी पोस्ट रेल्वेको प्रहरी गस्ती टोलीले चेकजाँच गर्दा को १४ प ९३४३ नम्बरको मोटरसाइकल चालक वराहक्षेत्र-१ का ३२ वर्षीय योगराज राई र पछाडि बस्ने ३४ वर्षीय दुर्गा राईलाई गाँजा सहित पक्राउ गरेको छ ।
प्रहरी अनुसार उनीहरूका साथबाट ४ केजी १ सय ८० ग्राम लागुऔषध गाँजा बरामद गरिएको छ । उनीहरू सवार मोटरसाइकल सहित दुवै जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेको उनीहरूको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको छ ।