चितवन : नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले सञ्चार क्षेत्र र न्यायपालिकामाथिको धम्की र आक्रमण सह्य नहुने बताएका छन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्मा न्यायालयमाथि गरेको अनावश्यक टिप्पणी र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले सञ्चार क्षेत्रमाथि लगाएको आरोप र दिएको धम्कीप्रति लक्षित गर्दै काँग्रेस नेता कोइरालाले भने, ‘स्वतन्त्र न्यायपालिका र सञ्चार क्षेत्र लोकतन्त्रका आधार स्तम्भ हुन्। यी संस्थामाथि कसैले दिएको धम्की र अनावश्यक टिप्पणी काँग्रेसलाई स्वीकार्य हुँदैन।’
नेपाली काँग्रेस जिल्ला कार्यसमिति चितवनको अन्तरक्रिया तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै डा.कोइरालाले आउने उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर २ मा काँग्रेसले जसरी पनि जित्नुपर्ने बताए।
कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य डा. गोविन्दराज पोख्रेलले देशको आर्थिक अवस्था भयावह रहेको बताए ।