धरान : निजामती सेवामा रहेका योग्य सरकारी कर्मचारीलाई विदेशमा पढ्नका लागि प्रदान गरिने छात्रवृत्ति खुलेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सूचना अनुसार यो अवसर सबै निकायका कर्मचारीलाई खुला गरिएको हो । विदेशमा पढ्न जाने छात्रवृत्तिका लागि कार्यरत निकायले उपयुक्त कर्मचारी छनौट गर्नेछ ।
कर्मचारी मनोनयन गर्दा समावेशी महिला, आदिवासी/जनजाति, मधेसी, दलित, अपाङ्ग, पिछडिएको क्षेत्र तथा हाल सम्म अवसर नपाएका र दुर्गममा सबैभन्दा बढी समय काम गरेको आधारलाई प्राथमिकता दिइनु पर्नेछ । वैदेशिक अध्ययनमा १२ वटा अलग अलग विषयका लागि ४/४ जना गरी कुल ४८ जनाले अवसर पाउने छन् । छनौटमा परेका कर्मचारीले यही मार्च ६ तारिख भित्र मन्त्रालयमा पठाइसक्नु पर्नेछ । 
विश्व विद्यालय तहको अध्ययनका विषयहरूमा १ सिभिल सोसाइटी लिडरशीप, २ डिजिटल इन्नेभेसन, टोक्ने-इन्तरप्रेन्युरशिप आइसिटी बेस्ड, क्यापसिटी बिल्डिङ फर रेस्पोन्स द क्लाइमेट चेञ्ज, सोशियल इकोनोमी, एकोनोमिक डेभलोपमेन्ट पोलिसी फर सस्टाइनेबल एण्ड इन्ल्कुसिव ग्रोथ, फिसराइज साइन्स, यस्तै क्यापसिटी बिल्डिङ फर एसडिजी, डिजिटल टूान्सफर्मेशन टेक्लोलोजी, कन्ट्रोल अफ इन्फेक्सन डिजिज, जेण्डर लिडरशिप छन् ।
छात्रवृत्ति कार्यक्रम अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय सहायता कार्यक्रम अन्तर्गत कोरिया इन्टरनेशनल कोअपरेशन एजेन्सी, कोइकाको सहयोगमा सञ्चालन भएको हो ।