झापा : झापाका कुखुरा पालक किसानहरूले बिर्तामोडको मुक्ति चोकमा मङ्गलवार जिउँदो कुखुरा तथा अण्डा सडकमा फालेका छन् । सरकारले कुखुरा तथा अण्डाको मूल्य नतोकेको भन्दै कुखुरा पालक किसान आन्दोलित बनेका हुन् ।
सरकारले बजार व्यवस्थापन नगरिदिँदा उचित मूल्य नपाएको तथा कुखुरा बिक्री नभएको भन्दै बाध्य भएर कुखुरा सडकमा फाल्नु परेको उनीहरूको भनाइ छ ।
ब्यानर तथा प्लेकार्डसहित निस्केको कुखुरा पालक किसानको र्‍यालीले बिर्तामोडमा प्रदर्शन गरेको थियो । व्यस्त पूर्वपश्चिम राजमार्गमा फालिएका कुखुरामाथि सवारी साधन गुडेका थिए ।