धरान : बैङ्किङ कसुरको अपराधमा अदालतबाट जरिवाना र कैद सजाय तोकिएका फरार अभियुक्त दमकका दिनेश खतिवडालाई प्रहरीले आज काडमाण्डौमा पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान महाशाखाले जनाए अनुसार खतिवडालाई शंखमुलबाट पक्राउ गरिएको हो ।
झापा जिल्ला दमक नगरपालिका वडा ३ स्थायी ठेगाना भएका खतिवडा हाल काठमाडौँ जिल्ला भिसेन गोलमा बस्दै आएको प्रहरीले जनाएको छ । ४३ वर्षीय खतिवडा लाई बैङ्किङ कसुरको मुद्दामा उच्च अदालत पाटन, ललितपुरद्वारा २०७९ मंसिर २३ गते गते भएको फैसलामा ८ लाख रुपया जरिवाना र ३ दिन कैद तोकिएको थियो ।
फैसला लगत्तै फरार रहेका खतिवडालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान महाशाखाको प्रहरी टोलीले शंखमुलमा पक्राउ गरी अदालतमा उपस्थित गराइएको जनाएको हो । 
प्रहरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ "बैङ्किङ कसुर मुद्दामा सम्मानित उच्च अदालत पाटन, ललितपुरको मिति २०७९।०८।२३ गतेको फैसलाले रू ८,००,०००/-(आठ लाख) जरिवाना र ३ (तिन) दिन कैद सजाय तोकी फरार रहेका जिल्ला झापा, दमक न.पा.वडा न.३ स्थायी वतन भई हाल का.जी. भिमसेनगोला बस्ने वर्ष ४३ को दिनेश खतिवडालाई यस कार्यालयको टोलीले मिति २०७९।१०।२६ गते का.जी.शंखमुलबाट पक्राउ गरी आजै सम्मानित जिल्ला अदालत काठमाडौँ उपस्थित गराईएको ।"
damak-pakrau-PR