धरान : नेपाल यातायात मजदुर संघ सुनसरी जिल्लाको हिजो शुक्रवार इटहरीमा भएको छैठौ जिल्ला अधिवेशनले अध्यक्ष पदमा धरानका सुमन श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको छ । अधिवेशनले अध्यक्ष सहित ११ सदस्यिय जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

नव निर्बाचित कार्यसमितिको उपाध्यक्षमा दिपेन राई, महिला उपाध्यक्ष रिञ्जु कोइराला, सचीव गोपाल कार्र्की, सहसचिव सुबर्ण पलिखे, कोषाध्यक्ष ज्ञानेन्द्र पौडेल चयन भएका छन् । सदस्यहरुमा सुर्य नारायण यादव, नवीन आचार्य, सन्दीप भण्डारी, सन्तोष कुमार राई, मनिष कार्की रहेका छन् ।

अधिवेशन प्रमुख अतिथि नेपाल यातायात मजदुर संघका केन्द्रिय अध्यक्ष धर्मराज भण्डारीले उद्घाटन गरेका थिए । उनले बढ्दो महंगीले यातायात मजदुरको जीवन कष्टकर बन्दै गएको बताउँदै न्यायोचित तलबका लागि संघ संघर्षरत रहेको बताए । ट्रेड युनियन कांग्रेसका महासचिव ज्योति कोइराला, ट्रेड यनियन नेता नारायणबाबु कार्कीको पनि अधिवेशमा उपस्थिति थियो ।